निःशुल्क आँखा शिविरबाट २ सय बढी लाभान्वित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जिल्लाको बेनी नगरपालिका-२ ज्यामरुककोटमा निःशुल्क आँखा शिविरबाट २ सय बढी लाभान्वित भएका छन् । शनिबार सम्पन्न नि:शुल्क आँखा शिविरबाट २ सय १५ जना लाभान्वित भएका हुन् ।

ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गरेका हुन ।

सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको क्लबका अध्यक्ष धु्रव थापाले जानकारी दिएका छन् ।

उक्त शिविरमा स्थानीय वृद्धवृद्धादेखि अशक्त, अपाङ्गता भएका, बालबालिका तथा वयस्क सबै उमेर समूहका मानिसको नेत्र परीक्षण एवं उपचार गरिएको उनको भनाइ छ । शिविरमा ज्यामरुककोटको गौश्वारा, सानालेख, तमाने, भकुण्डे, फापरखेत र खवरा क्षेत्रबाट बिरामी आएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्