मंगलबार ५.६० अंकले बढ्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजारमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार आरएसडीसी लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको १४ करोड ८३ लाख ८ हजार १६ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्