काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तितो करेलाको मूल्य बढ्दा कन्य च्याउको मूल्य घटेको पाइएको हो ।
बिहीबार नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ७०, मकै बोडी ११०, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १३०, भटमासकोसा १६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
त्यस्तै, तितो करेला ५०, लौका ३०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ६०, भिण्डी ३०, पिंडालू ८०, स्कुस ६० रुपैयाँ, रायो साग ७० रुपैयाँ, हरियो प्याज १५०, कन्य च्याउ १५०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, सिताके च्याउ १०००, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली १२०, चुकन्दर ६०, रातो बन्दा ७०, जिरीको साग ३००, सेलेरी २५०, पार्सले ६००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १३०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी १००, हरियो लसुन १३०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
आज फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२० रुपैयाँ, अनार २८०, आँप (मालदह) १३०, आँप (दसहरी) १३०, अंगुर(कालो) ४५०, मौसम १३०, जुनार २८०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, लप्सी ७०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।