नेप्से १४५.०५ अंकले घट्यो, मंगलबार २३ अर्ब ७१ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १ अर्ब ३९ करोड ७ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्