जिरीको सागको मूल्य १०० रुपैयाँले घट्दा २० रुपैयाँले बढ्यो कागतीको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज जिरीको सागको मूल्य घट्दा कागतीको मूल्य बढेको हो ।

मंगलबार नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १८ रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ, भारतीय सुकेको प्याज १०० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ७०, घिउ सिमी लोकल ५०, घिउ सिमी राजमा १२०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका ३०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ५०, भिण्डी ५०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ, रायो साग १०० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १६०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, सिताके च्याउ ९००, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली २००, चुकन्दर ७०, रातो बन्दा ८०, जिरीको साग २००, सेलेरी ३००, पार्सले ७००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १३०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी ९०, हरियो लसुन १६०, हरियो धनियाँ १००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १४० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

मंगलबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २२०, अनार ३५०, आँप (मालदह) १७०, आँप (दसहरी) १७०, अंगुर(कालो) ४००, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, लप्सी ७०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्