काठमाडौँ । श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेको पाइएको छ । महोत्तरी गाउँपालिका १ सोनुखडा गाउँमा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जनाएका हुन् ।
स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका छन् । श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।