रास्वपाका सांसदसहित ५१ जना रिहा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार दिउँसो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित ५१ जना रिहा भएका छन् । पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले बालुवाटारमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् ।

बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्तामा एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको उनले बताए ।

रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो ।

 

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्