पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सार्वजनिक बिदाको निर्णय ढिलो आउँदा बैंक पुगेका अधिकांश बैंकर काम गर्ने कि घर फर्किने भन्ने अन्यौलमा छन् । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय ढिलो आउँदा बैंक पुगिसकेका बैंकरहरु अन्यौलमा परेका हुन् । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सार्वजनिक बिदाको निर्णय आउनुअघि नै कतिपय बैंकरहरुले त अफिस पुगेर काम नै सुरु गरिसकेका थिए । तर, काम सुरु गरिसकेपछि सरकारले बिदाको निर्णय गरेपछि बैंकर थप रनभुल्लमा परेका छन् ।

यसो त गृह मन्त्रालयले समेत सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णयसँगै सम्पूर्ण सरकारी कार्यालय बन्द हुने बताइसकेको छ । सोही अनुसार सरकारी बैंकहरु पनि बन्द रहनेछन् । यसबीचमा कार्यालय पुगेका सरकारी बैंकका कर्मचारीहरु घर फर्किएका छन् ।

तर, प्राइभेट बैंकमा भने आफिस नै आइसकेपछि काम गर्ने कि भन्ने चर्चा भइरहेको एक बैंकले बताएका छन् । ती बैंकरका अनुसार बैंक कर्मचारी र उच्च पदस्थ कर्मचारीबीच यस विषयमा छलफल भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्