रोजगारीको अवसर भन्दै अनलाइन ठगी, सचेत रहन ब्यूरोको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विभिन्न सामाजिक सञ्जालमार्फत अनलाइन ठगी बढेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ । ब्यूरोले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीबाट जोगिन आग्रह गरेको हो ।

फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट अनलाइन रोजगारीको आवरणमा लिंकहरू पठाएर ठगी हुने गरेका घटनाहरू बढेकाले सचेत रहन ब्यूरोले आह्रवान गरेको छ ।

यसका साथै इसेवा, खल्तीजस्ता वालेट तथा बैंकिङ संस्थाबाट बोलेको भनेर ओटीपी मागी रकम ट्रान्सफर गर्नेसम्मका घटनाहरू वृद्धि भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । यस्ता ठगीहरुबाट बच्न पनि हाग्रह गरिएको छ ।

 

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्