शुक्रबार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैठौँ  दिन (आज) शुक्रबार  सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १४६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ३ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्