रास्वपाको नारायणगढ-बुटवल सडकखण्डमा ३ दिने पैदल यात्रा सुरु, पार्टी सभापति लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ताको सहभागीता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनको नारायणगढदेखि बुटवलसम्म पैदल यात्रा सुरु गरेको छ । नारायणगढ-बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सोमबार बिहान गैँडाकोट पुल्चोकबाट पैदल यात्रा सुरु गरेको हो ।

आजदेखि सुरु भएको उक्त ‘दबाब यात्रा’ ३ दिनको हुनेछ । रास्वपाले सोमबार बिहान ९ बजे चितवनको नारायणगढ पुल्चोकबाट यात्रा सुरु गरेको हो । पर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड १ सय १३ किलोमिटर छ ।

यात्रामा पार्टी सभापति रवि लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी हुनेछन् । पैदल यात्राका क्रममा पार्टीको झण्डा, लोगो, टि-सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न रास्वपाले आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्