काठमाडौँ । सशस्त्र प्रहरी बलले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बलले एक सुचना जारी गर्दै प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २ सय ८८ जना भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।
सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ ।
सशस्त्र प्रहरी बलले जारी गरेको सुचना अनुसार दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने छ ।