Skip to content

एक्सट्रिमको बदमासीमा भाटभटेनीको ‘मिलेमतो’ !, बच्चाहरुले सहजै भेट्नेगरी चकलेटसँगै ‘घातक ड्रिङ्क’ बिक्रीमा !

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । डिपार्टमेन्ट स्टोरहरुमा सामान्यतया चकलेट बच्चाहरुले सहजै भेट्नेगरी राखिन्छ । यसको अर्थ बच्चा केटाकेटीले ती सामान सजिलै समाउन् र अभिभावकले किनीदेउन् । ठिक यसरी नै बच्चाहरुले प्रयोग नगर्ने कुराहरु, वा बच्चा केटाकेटीहरुका लागि घातक चीजहरु, बच्चाहरुले नभेट्ने ठाउँमा राखिन्छ । यो पनि विश्वव्यापी रुपमा डिपार्टमेन्ट स्टोरको सामान्य नियम हो । तर, एक्सट्रिम इनर्जी ड्रिंकले भने बच्चा केटाकेटीले सबैभन्दा रुचाउने चकलेट राखेकै ठाउँमा एक्सट्रिम नामको बालबालिकाका लागि निकै घातक ड्रिङ्क राखिदिँदा त्यसले अभिभावकलाईसमेत असर परेको छ ।

उपभोक्ताकर्मीहरु भन्छन्- ‘भाटभटेनीको मिलेमतोमा बालबालिकाको स्वास्थमाथि प्रहार भयो’

यो विषयलाई लिएर केहि उपभोक्ताकर्मीहरु अदालत जाने तयारीमा समेत छन् । ‘कुनै पनि डिपार्टमेन्ट स्टोरमा बच्चा केटाकेटीले भेट्नेगरी उनीहरुले उपयोग गर्न नमिल्ने कुराहरु राख्न पाइन्न । तर, एक्सट्रिम नामक ड्रिङ्कले त हाकाहाकी जहाँजहाँ बालबच्चाहरु पुग्छन्, उनीहरु जुन ठाउँमा सबैभन्दा बढी रुची राख्छन्, त्यहीं ठाउँमा ड्रिङ्कका क्यानहरु राखेर बच्चाहरुलाई नै ड्रिङ्क पिउन उद्दत गरिरहेको छ ।’ एक उपभोक्ता कर्मीले कालोपाटीसँग भने, ‘भाटभटेनीले गरेको यो बदमासीविरुद्ध एक्सट्रिम र भाटभटेनी दुबैलाई विपक्षी बनाएर हामीले मुद्धा हाल्ने तयारी गरेका छौँ ।’ उनका अनुसार अन्तराष्ट्रिय मापदण्ड, र नेपालका कतिपय कानुनसमेत यसमा आकर्षित हुन्छन् । भाटभटेनीमा बच्चा केटाकेटीहरुले नभेट्ने गरी मात्र सो ड्रिंक विक्री वितरणको व्यवस्था मिलाउन आदेशको माग गर्दै अदालत जाने तयारीमा ती उपभोक्ताहरु रहेको बुझिएको छ ।

Kalopati RESEARCH : ९६ प्रतिशत डाक्टरको सुझाव- ‘एक्सट्रिम इनर्जी ड्रिङ्क घातक छ, बच्चालाई बेच्नु त अपराध हो’

प्रचलित कानुन अनुसार भाटभटेनीलाई यहि विषयलाई लिएर कारवाही र आर्थिक जरिवानासमेत हुन सक्छ । बालबालिकाले भेट्नेगरी यस्तो ड्रिङ्क राख्न नपाइने भन्दै यसअघि कुनै पनि इनर्जी ड्रिङ्कले चकलेट राखिएको ठाउँमा वा बच्चाले सहजै भेट्नेगरी सो ड्रिङ्क राख्ने गरेका थिएनन् । अझ भाटभटेनीले नै बच्चा केटाकेटीहरुले भेट्ने ठाउँमा यसअघि कुनै पनि इनर्जी ड्रिङ्क राख्न दिने गरेको थिएन । तर, यसपटक भने महँगो कमिसनको लोभमा परेर भाटभटेनीले बच्चाहरुको स्वास्थमाथि असर पर्नेगरी काम गरेको छ ।
भाटभटेनीकै मेनेजरहरु भन्छन्- ‘हामीले यहाँ हुन्न भनेका थियौँ, माथि नै डिल भएछ, हाम्रो केहि लागेन’
यता, भाटभटेनीका विभिन्न शाखाका मेनेजरहरुले आफुहरुले पनि एक्सट्रिम नामको इनर्जी ड्रिङ्क वा, अरु कुनै पनि इनर्जी ड्रिङ्क यसरी बच्चाहरुले देख्ने गरी राख्न नहुने भनेको तर माथिको डिल भन्दै शो केससमेत राखेको दाबी गरेका छन् । उनीहरुले यहि विषयलाई लिएर धेरै अभिभावकले भाटभटेनीलाई गालीसमेत गरेको तर आफुहरुले यो विषयमा केहि गर्न नसकेको दाबी गर्छन् । ‘बच्चा केटाकेटीले नयाँ चीज देखेपछि किन्न खोजिहाल्छ । एक्सट्रिमको हकमा पनि धेरै बालबालिकाले एक्सट्रिम किन्न जिद्दी गरेको देखेका छौँ ।’ भाटभटेनीका एक मेनेजरले कालोपाटीसँग भने, ‘यो सरासर गलत भयो । तर, हाम्रो कुरा माथि सुनिएन । एक्सट्रिम बच्चाहरुले पिउनु नै हुँदैन । तर बच्चा केटाकेटीहरुले नै देख्ने गरी, भेट्ने गरी एक्सट्रिम राखिएको छ ।’

अपरेशन एक्सट्रिम-३ : बालबालिकाको स्वास्थमा मात्र होइन, राजश्व छली गरेर सरकारमाथि नै प्रहार, काभ्रेमा प्रहरी सफल !

बच्चाहरुको मनोविज्ञान खल्बलिने गरी प्रचार !

भाटभटेनीमा एक्सट्रिम नामको ड्रिंक बच्चा केटाकेटीले देख्नेगरी राखिएको मात्र छैन, बच्चाहरु जहाँ जहाँ पुग्छन् भन्ने थाहा छ, त्यहाँ त्यहाँ एक्सट्रिम राखेर केटाकेटीहरुको मनोविज्ञान खलबल गराउने काम भएको छ । सामान्यतया भाटभटेनीमा एउटा ड्रिङ्क एक ठाउँमा मात्र पाइन्छ । जस्तै कोकाकोलाजस्ता बेभरेज एक ठाउँमा मात्र शो केसमा राखिएको हुन्छ । तर भाटभटेनीमा भने जहाँ जहाँ बच्चाहरु पुग्छन्, त्यहाँ त्यहाँ एक्सट्रिम राखिएको छ । एक ठाउँ होइन, दुई ठाउँ होइन, बालबालिकाले बढी ख्याल गर्ने ४ ठाउँसम्म एक्सट्रिम राखिएको छ ।

अपरेशन एक्सट्रिम-२ : तपाईंका कलिला छोराछोरीहरुले लुकीलुकी पिईरहेका छन् एक्सट्रिम नामक ‘मन्द बिष’ !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार