सधैंको विवाद समाधानका लागि सीमामा काँडेतार लगाउँः नेता नेपाल

माधव कुमार नेपाल
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, वैशाख २९ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतले नेपाली भूमिमा बनाएको सडकका बारे तत्काल भारत सरकारसँग कुरा गर्नुपर्ने जनाएका छन् ।

कोरोना महामारीलाई देखाएर सरकार पन्छन नमिल्ने उनको भनाइ छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार विहान सिंहदरबारमा बसेको बैठकमा समिति सदस्य नेता नेपालले भूमि मिचिएको विषयमा सरकारले कोरोनालाई देखाएर पन्छन नमिल्ने बताएका हुन् ।

‘भूमि अतिक्रम भएको जस्तो गम्भीर विषयमा सरकार कोरोना महामारीलाई देखाएर सरकार चुप लागेर बस्न मिल्दैन’, नेता नेपालले भने, ‘तत्काल सक्रिय हुन जरुरी छ ।’

भारतसँगको खुल्ला सीमाका कारण विभिन्न समयमा समस्या आइरहने गरेको भन्दै नेता नेपालले सीमामा काँडेतार र पर्खाल लगाउनेसम्मका काममा सरकार अघि बढ्नुपर्ने बताए ।

नेपालमा भारत विरोधी भाव बढिरहेको प्रति भारतले विचार गर्नुपर्ने उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्