चर्चित भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

Ad
  • कालोपाटी सम्बाददाता

चर्चित भारतीय कलाकार सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो भने  उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ ।

उनको आजै पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो ।उनले सुरुवाती दिन मा मोडलिङ्गको  काम गरेका थिए भने उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड समेत जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए ।

‘फियर फ्याक्टर ७’ र ‘बीग बोसल १३’को विजेता बने पछि उनि निकैनै चर्चामा आएका थिए ।

उनले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्