१० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता सुरु

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भएको प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता मुल आयोजक समितिका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जानकारी दिए । प्रतियोगितामा ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउने छन् ।

भाद्र २१ गतेसम्म चल्ने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने तेक्वान्दो संघले जनाएको छ । व्यक्तिगत स्पर्धाको पुरुष÷महिलामा ६–६ गरी १२, पेयर र टिममा समान ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।

विगतमा भौतिक रुपमा प्रतियोगिता आयोजना हुँदै आएकोमा कोरोनो भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनगर गरी भर्चुअल रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएका छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्