कङ्केश्वरी मन्दिर परिसरका संरचना पुनःनिर्माण गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिर परिसरका कलात्मक ढोका, पर्खाल र पाटी पौवा पुनःनिर्माण गरिने भएको छ ।

महानगरपालिकाको रु एक करोड ३० लाख बजेटमा मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण गरी पर्यटकीय पूर्वाधारको काम गर्न लागिएको वडा सदस्य चन्द्रमान डङ्गोलले राससलाई जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका यी संरचना छ वर्षपछि महानगरपालिकाले बजेट विनियोजन गरेपछि चालु आर्थिक वर्षमै पुनःनिर्माण सुरु गर्ने गरी काम अघि बढेको छ ।

मन्दिर क्षेत्रमा चारवटा पाटी पौवासहित विष्णुमती नदी किनारको चिहान एवं घाटसमेत सुधार गर्न लागिएको छ । मङ्सिर ३ गते साइत हेरेपछि मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण सुरु हुनेछ । मन्दिर क्षेत्रका सम्पदा सुरक्षित राख्न वरिपरि पर्खालले घेर्न लागिएको हो । भूकम्पले भत्किएको मन्दिर भने पुरातत्व विभागको ठेक्कामा गत वर्ष नै पुनःनिर्माण सकिए पनि पहिलेको आकारभन्दा फरक पारिएको भन्दै स्थानीय समितिले बुझेको छैन । स्थानीयवासीले पहिलेको आकारप्रकार एवं स्वरुप बिगारेर मन्दिर पुनःनिर्माण गरेकामा आपत्ति जनाउँदै आएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्