माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

आईतबार (भोली) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको माओवादी केन्द्रले केही नेताहरुको चाहनालाई पनि कुण्ठित गर्न नमिल्ने भन्दै शनिबार अपरान्ह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

केन्द्रिय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा शनिबार राति ८ बजदेखि साँढे १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । मतदान भने आईतबार बिहान साँढे ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । माओवादी केन्द्रले निर्वाचनबाट २९९ जना केन्द्रिय सदस्य निर्वाचित गर्नेछ भने निर्वाचित केन्द्रिय कमिटीले अध्यक्षसहित १५ जना पदाधिकारी चयन गर्नेछ ।

निर्वाचनमा १ हजार ७४२ जना प्रतिनिधिहरुले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । यसैबीच, महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले केही नेताहरुको उम्मेदवारी दिने चाहनालाई कुण्ठित हुन नदिन निर्वाचनमा जाने निर्णय गरिएको बताएका छन्  । महाधिवेशनका प्रतिनिधि सरल सहयात्री पौडेलले निर्वाचित भएर आउने चाहनालाई पनि सम्बोधन गर्न निर्वाचनमा जाने निर्णय गरिएको बताए  । त्यसैगरी अर्का प्रतिनिधि दलबहादुर जिसीले सर्वसम्मतिमा नेतृत्व चयन हुने अवस्था नरहेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रिया अवलम्वन गर्नु परेको बताए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्