कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई मनाङ ङिस्याङ गाउँपालिकाले राहत सहयोग गरेको छ । सङ्क्रमणले गर्दा ज्यान गुमाएका परिवारलाई राहत पु¥याउने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको सो गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार पालिकावासीलाई समाजमा सहज बनाउन राहत प्रदान गरिएको हो ।

प्रतिव्यक्ति रु एक लाखका दरले राहत प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए । सहयोगले सङ्क्रमणबाट ज्यान गुमाएकाको परिवारलाई थोरै भए पनि राहत मिल्ने  बताए ।

हालसम्म जिल्लाभरमा सङ्क्रमितको २२३ सङ्ख्या पुगेकोमा चारजनाले ज्यान गुमाएका थिए । दुईजना अन्य जिल्लाका भएकाले राहत उपलब्ध गराउन नसकिएको र जिल्ला एवं गाउँपालिकाभित्रका सङ्क्रमणका कारण ज्यान गुमाएको परिवारलाई राहत व्यवस्थापन गरिएको यादवले बताए ।

जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । सरकारद्वारा लक्षित बालबालिकालाई समेत खोप लगाइएको आचार्यले बताए । उनका अनुसार हालसम्म जिल्लाको तल्लो भागका १७५ बालबालिकालाई खोप लगाइसकिएको छ । नासों गाउँपालिका र चामे गाउँपालिकाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको उनले जानकारी दिए ।

त्यस्तै, हिमपातका कारण विद्यालयहरु बन्द हुँदा माथिल्लो मनाङका लक्षित बालबालिकालाई खोप लगाउन नसकिएको उनले । ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका बालबालिकालाई खोप लगाउन नसकिएको उनले । “माथिल्लो मनाङ र नार्पाभूमिका बालबालिका जाडो छल्न काठमाडौँ, पोखरा, नारायणगढ, तनहुँ, लमजुङतर्फ गइसकेकाले खोप लगाउन सकिएको छैन । जिल्लामा नै रहेका बालबालिकालाई भने खोप लगाइसकिएको छ । जिल्लामा आउनासाथ बाँकी बालबालिकालाई पनि खोप लगाउछौँ,” आचार्यले भने , “उनीहरुका लागि आवश्यक खोप जिल्लामा आइसकेको छ ।”

फागुनको दोस्रो एवं तेस्रो साता बालबालिकाहरु अभिभावकसँगै जिल्ला फर्किन्छन् । पहाडतर्फ लागेका बालबालिकाले खोप लगाइसकेको खण्डमा जिल्लामा आएको खोप फिर्ता पठाइने उनले बताए । जिल्लामा आउँदासम्म खोप नलगाएको भए उनीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिएर तयारी अवस्थामा राखिएको उनले । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्