चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ ।
आइतबार गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अन्दाजी ८-१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।