आयात र व्यापारमा भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री शर्माको निर्दशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आयात र व्यापारमा भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिए ।

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं बर्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा भर्चुअल रुपमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह पनि गरे । उनले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको भन्दै लगानी त्यसमा लगानी बढाउन आग्रह गरेका हुन् । मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

 

कार्यक्रममा बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रणालीको समेत सुरुवात गर्दै मन्त्री शर्माले यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा विश्वास व्यक्त गरे । बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले ‘उपहार’ पुस्तकको लोकार्पण समेत गरेका थिए । बैंक २०२२ साल माघ १० गते स्थापना भएको थियो । हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्