कांग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत महत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा प्रकाशशरण महत मनोनीत भएका छन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ संशोधनसहितको दफा २५ को उपदफा ९४० बमोजिम आज उनलाई प्रवक्तामा मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ । पार्टी विधानको दफा २५ को उपदफा ४ मा पार्टी सभापतिका काम कर्तव्य अधिकारअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने, कार्य विभाजन हेरफेर गर्ने र पार्टीका पदाधिकारी एवं सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था छ ।

सभापति देउवाले पार्टी सङ्गठनलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण सहयोग र सक्रियता रहनेछ भन्ने विश्वासका साथ उहाँलाई मनोनयन गरी उनको कार्य सफलताको कामना पनि गरेका छन् । यसअघि पार्टीको सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका डा महत गत मङ्सिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्