बैंकिङ कसूरको मुद्दामा ३ दिन कैद र १० लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई काठमाडौंको मनमैजुबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले काठमाडौंको टोखा नगरपालिका २ बस्‍ने २७ वर्षीय रामराज खड्कीलाई पक्राउ गरेको हो ।

खड्कीलाई उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते बैंकिङ कसूर मुद्दामा दोषी ठकर गर्दै ३ दिन कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनले पीडीतलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्‍यानमा पारेको प्रहरीको दाबी छ । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यरोले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्