टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आज जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको दिन । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन आज ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । यस दिनको सम्झनामा आज देशविदेशमा रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहेका छन् । सरकारले काठमाडौँको टुँडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरि गणतन्त्र दिवस मनाएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको छ । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्