५० भन्दा बढी किसानलाई कृषि सामग्री वितरण, कृषकलाई प्रोत्साहन गर्ने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । रैनादेवीछहरा गाउँपालिकाले व्यावसायिक कृषिमा लागेका ५० भन्दा बढी किसानलाई कृषिजन्य सामग्री सहयोग गरेको छ । ५० प्रतिशत अनुदानमा मौरीको घार, खाल्डो खन्ने मेसिन, डिजिटल तराजु, मल्चीङ्ग प्लास्टिक, प्लास्टिक टनेल, थोपा सिँचाइ पाइपलगायतका सामग्री सहयोग गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानलाई व्यावसायिक बनाउन र पालिकाको समृद्धिका लागि कृषिका कार्यक्रममा जोड दिएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएर कृषकलाई प्रोत्साहन गर्नेसमेत बताए । कृषिलाई उत्पादनमुखी बनाउन कृषकलाई आवश्यक पर्ने बीउविजन, प्राविधिक सहयोग, औजार उपकरण सहयोगदेखि तालिमसम्मको व्यवस्थापन गरी अघि बढ्ने पालिकाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्