निजगढ एयरपोर्ट बन्छ भन्‍नेहरुलाई मन्त्री आलेको प्रश्न : के दाँत फुकालेर एयरपोर्ट बन्छ ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कतिपय मन्त्रीहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेको भनाई प्रति आक्रोश पोखेका छन् । उक्त निर्माणमा सर्वोच्च अदालतले रोक लगाइसक्दा पनि कतिपय मन्त्रीहरुले निजगढ एयरपोर्ट बन्छ भनेकोमा उनले आक्रोश व्यक्त गरेका हुन् ।

आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै उनले भने, ‘आज कतिपय मन्त्री साथीहरुले निजगढ एयरपोर्ट बन्छ भनेका छन्, के दाँत फुकालेर गर्ने रु दाँत फुकालेर एयरपोर्ट बन्छ रु’ उनले बजेट पनि कम दिइएको गुनासो गरे । मन्त्री आलेले भने, ‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ रु तर हामीले २६ करोड बजेट पाएका छौं । उनले एयरपोर्ट बन्छ भन्नेहरुलाई भन्न चाहन्छु, आजबाट यस्ता कुरा नगरौं ।’

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्