काठमाडौं ४ बाट चुनाव लड्ने हेम बोम्जनको घोषणा, कृषिमा मुलुकलाई आत्मनिर्भर गराउने एजेण्डा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका ११ कपनका हेम बोम्जनले संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । भारतमा कृषिको अध्ययन गरेर आएका ३४ वर्षीय बोम्जोन चुनाव जितेको खण्डमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर आफ्नो काम गर्ने बताउँछन् ।

उनी आफूलाई कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएको भन्न रुचाउँछन् । कृषिमा मुलुकलाई आत्मनिर्भर गराउँदै परनिर्भर अन्त्य गर्ने उनको पहिलो एजेण्डा छ । भ्रष्टाचारलाई निर्मुल पार्ने पनि उनको एजेण्डा छ । कृषिमा मुलुकलाई आत्मनिर्भर गराउँदै परनिर्भर अन्त्य गर्ने उनको पहिलो एजेण्डा छ । क्षेत्र न ४ बाट ४१ हजार ७६७ प्राप्त मत ल्याउने उनको दाबी रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्