काभ्रे उपत्यकाको खानेपानीमा चासो, गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत सकिएको जनाउँदै आइएको छ । तीन नगरका उपभोक्ताले आयोजनाको खानेपानी अझै पाउन सकेका छैनन् । गत वर्षको चैतसम्ममा जिल्लाका तीन पुराना नगरपालिका बनेपा, धुलिखेल र पनौतीको स्थानीयवासीका घर–घरमा २४ सै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्याउने जनाइएका थिए । परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरणकार्य लम्ब्याइएको हो ।

तीन नगरका करिब ९३ हजार उपभाक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब बाह्र वर्षअघि नेपाल सरकार र एशियाली विकास बैँक९एडिबी०बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएका थिए । सन् २०१० अक्टोवर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु। एक अर्बमा सम्पन्न हुने जनाइएको छ । खानेपानी वितरणकार्यमा अन्योलता देखिएपछि बनेपा र पनौतीका नगरप्रमुखले आयोजनाप्रति चासो देखाएका छन् । पनौतीका नगरप्रमुख रामशरण भण्डारीले आइतबार सिरानचौरस्थित खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ वडा नं ७ पनौती बजारक्षेत्र, वडा नं ४ दूध मिलक्षेत्र र वडा नं ५ नमोबुद्ध रोडक्षेत्रमा अब निरन्तर खानेपानी आउने प्रणाली निर्माण गर्न लगाएका छन् ।

उनले पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रियाबारे प्राविधिकसँग छलफल गर्ने योजना बनाएका हुन् । यस्तै आज बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले प्राविधिकसहित पनौती–९ देवीस्थानस्थित बोर्डको खानेपानी प्रशोधन केन्द्रको अवस्था बुझ्न र बनेपालीलाई छिट्टै घरघरमा खानेपानी पुर्याउन स्थलगत निरीक्षण गरेका छन् । “अनुगमनपछि प्राविधिकसँग छलफल गरी समस्या सुल्झाउँदै वितरणको चरणमा जानेछौँ”, शाक्यले भने ।

आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारका सम्पूर्ण काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हाल पनौतीको शारदादेवीस्थानमा पानी पुर्याइएको छ, भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको कामगर्ने भइरहेको छ । उनले भने, “मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रिया थालिएको छ ।”

आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा हाल नयाँ खानेपानीका पाइप जडान गर्ने ९इन्टर कनेक्सन० काम भइरहेको छ । तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी अयोजनाको काममा ढिलाइ भएको जनाइएको छ । आयोजनाअनुसार क्षति पुर्याइएका सामग्रीको नगर र विभागले नै बनाइदिएका छन् । तीन नगरका एक हजार ११४ इन्टर–कनेक्शन गर्नुपर्नेमा हाल नौ सयको हाराहारिमा इन्टर कनेक्शन भइसेकेको आयोजनाले जनाएको छ ।

उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ ।  आयोजनाको काम चिनियाँ ठेकेदार कम्पनी निम्बो निङसिङ इन्टरनेशनल इङ्कले केही महिनाभित्र सकाउने जनाउँदै आएको छ । आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजारको लागि ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन् । “अब केही समयमा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद विषय हो”, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार विविध कारणले आयोजनाको काम केही वर्ष धकेलिएको हो । सम्पूर्ण परीक्षण सकेमा साउन मसान्तसम्ममा खानेपानी वितरण हुनसक्ने उनको अनुमान छ ।

यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएका थिए । आयोजनाको कूल लागत भ्याटबाहेक रु। ९९ करोड आठ लाख सात हजार ८२१ रहेको छ । आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकवाट अनुदान तथा ३५ प्रतिशत रकम वि।सं २०६९ असारमा नगर विकास कोषवाट ऋणका रुपमा लिइएको थियो । बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने जनाइएको छ । वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौता भएको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्