राजेन्द्र श्रेष्ठबाहेक अन्य मन्त्रीलाई फिर्ता बोलाउने जसपाको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । सहमतिमै विभाजनको तयारी भएपछि बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर उनले नयाँ मन्त्रीहरू सरकारमा पठाउन लागेका हुन् ।

जसपा स्रोतका अुनसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबाहेक अन्य तीनजना मन्त्रीहरु फिर्ता बोलाउने तयारी छ । फिर्ता हुनेमा कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव छन् ।

यीमध्ये महिन्द्र राय बाबुरामसँग जाने तयारी छ । उनको उपेन्द्र यादवसँग लामो समयदेखि विवाद छ । त्यस्तै फिर्ता हुन लागेका रेणुकुमारी यादव अध्यक्ष उपेन्द्रसँग निकट भएका कारण उनलाई फिर्ता बोलाउँदा पनि आफूसँगै रहने भएकाले नयाँलाई पठाउन लागिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्