शुक्रबार नहुने भयो हिमालयन बैंक र सिभिल बैंकको मर्जर, यस्तो छ कारण !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच शुक्रबार हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ । दुबै बैंकका सञ्चालकहरुबीच सहमति भएर आज सम्झौता गर्ने तयारी गरिएपनि स्वाप रेशियोमा चित्त नबुझ्दा दुई बैंकबीचको मर्जर पुनः रोकिएको हो । हिमालयन बैंकको एक सय कित्ता सेयर बराबर सिभिलको ८१ कित्ता बराबर सेयर हुने गरी स्वाप रेसियो तय भएको थियो । तर अन्तिममा डिडिएपछि स्वाप तलमाथि हुनसक्ने भनेपछि मर्जर हाललाई स्थगित भएको छ ।

यसअघि इन्भष्टमेन्ट बैंकसँग पनि स्वाप लगायतका विषयमा कुरा नमिलेपछि बीचमै मर्जर भाँडिएको थियो । अहिले सिभिलसँग पनि सँझौता गर्नुअघि नै विवाद देखिएको छ । सुरूमा ८१ प्रतिशतको स्वाप रेशियो निर्धारण गरिएपनि अन्तिम समयमा डिडिएबाट आए अनुसारको स्वाप रेशियो कायम गर्ने भनेपछि सिभिल बैंकका सञ्चालकहरु मर्जरमा नजाने मनस्थितिमा पुगेका छन् ।

हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडेपछि नयाँ जोडि खोजिरहेको थियो । सिभिल बैंकसँग विभिन्न चरणमा कुरा भए पनि दुई बैंकबीच स्वाप रेशियोमा कुरा नमिल्दा सहमति हुन सकेको थिएन । तर मंगलबार दुई बैंकका सञ्चालकबीच ८१ प्रतिशत स्वापमा गाभ्ने गरी सहमति भएको थियो । तर अन्तिममा स्वाप रेशियोको विषयमा विवाद निष्किएपछि अहिलेलाई मर्जर सम्झौता स्थागित गरिएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्