चितवनको चुम्लिङटारमा बस र माइक्रो एकापसमा ठक्कर खाँदा एकको मृत्यु, १७ जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौंतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर घाइते भएका विङ्गरमा सवार अन्दाजी ३५र३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ ।

घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाकाको कारण दुवै सवारी साधनको अगाडिको भागमा ठूलो क्षेति पुगेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्