सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सामाजिक सञ्जालमार्फत तेस्रोलिंगीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का इनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्बिर अपलोड गरी पीडितका साथीहरूसँग पैसासमेत माग्ने र सामाजमा झुठा अफवाह फैलाएका बताइएको छ । सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेसा देह व्यापार हो भन्ने आशयका शब्दहरू पोष्ट गरेको खुलेको छ ।

पीडित महिलाले इनड्राईभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोवाइल नम्बरसहितको विवरणको दुरुपयोग गरी ‘अश्लिल’ साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्