गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता, राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका नेता पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । श्रेष्ठनिवास हात्तीवनमा बुधबार बिहान भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल भएको थियो ।

‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो ।’ गृहमन्त्री खाणले भने । राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदै छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्