नगर प्रहरीको संख्या दोब्बर बनाउँदै काठमाडौं महानगर, १६४ जना भर्ती गर्ने तयारीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको संख्या दोब्बर बनाउन डेढ सयभन्दा बढी प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो ।

फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो । त्यसकै आधारमा महानगरपालिकाले जनशक्ति थप्ने तयारी गरेको हो । करार सेवा वा सेवा करार प्रणालीबाट प्रहरी राख्ने भन्ने निर्णय भइनसकेको काठमाडौं महानगरका सहायक प्रवक्ता महेश काफ्लेले जनाकारी दिए  । तर, स्थायी दरबन्दी सिर्जना गरेर नगर प्रहरी नराखिने उनले बताएका छन् ।

‘करार सेवामा लिने भयौं भने योग्यता तोकेर महानगरले सूचना निकाल्छ,’ उनले भने, ‘सेवा करार गर्ने भयौं भने हामीले तोकेको योग्यता अनुसारका जशनक्ति उपलब्ध गराउने गरी आउटसोर्सिङ कम्पनी छान्न टेन्डर गर्छौं ।’

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्