पार्किङका अन्डरग्राउन्ड खाली गर्न घरधनीलाई महानगरको निर्देशन, अटेर गरेमा कारबाही गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास भएबमोजिमका पार्किङका अन्डरग्राउन्ड प्रयोग गर्न घरधनीलाई निर्देशन दिएको छ । महानगरपालिकाले ३५ दिने सूचना निकाल्दै घरधनीलाई पार्किङका अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिएको हो । महानगरले दिएको निर्देशन अटेर गर्ने घरधनीलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सापास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ । ठमेलमा केही नाइट क्लबहरु स्वीकृतिविनै अन्डरग्राउन्डमा सन्चालन भइरहेको बुझिएको छ ।

महानगरपालिकाले साउनको पहिलो साता गोरखापत्र, कान्तिपुरलगायत राष्ट्रिय दैनिकहरुमा ३५ दिने सूचनमा निकालेको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्