आइतबार १० दशमलव २७ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १० दशमलव २७ अंकले बढेर २१२३ दशमलव ८२ बिन्दुमा पुगेको हो । कुल २१९ कम्पनीको ६१ लाख ६ हजार ५ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै आइतबार सेयर बजारमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १३ करोड ८९ लाख ६२ हजार १ सय ६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्