मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ गज्जब मुद्दती’ योजना सञ्चालन, यस्ता छन् विशेषता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने न्यूनतम अवधिमा तेब्बर सम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यतिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यतिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ । त्यस्तै व्यतिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यतिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ । यो योजना बाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्