नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत थप ३५ अर्ब रुपैयाँ तान्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

यस्तै, इच्छुक बैंक तथा वित्तीय संस्थाले पुस ११ गते दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति पुस २५ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले नि:शेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्