सडक खाना व्यवसायीलाई खाना स्वच्छतासम्बन्धी तालिम, ५० जनाको सहभागीता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पर्यटकीय क्षेत्र नारायणी नदी किनारका सडक खाना व्यवसायीलाई खाना स्वच्छतासम्बन्धी तालिम दिएको छ । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँको सहकार्यमा तालिम दिएको हो ।

सडक खाना पस्कने, तयार पार्ने तयारीलाई अभिवृद्धि गर्न प्रयोगात्मक, सैद्धान्तिक ज्ञान व्यवसायीलाई दिइने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अधिृकत मोहनकृष्ण महर्जनले जानकारी दिएका छन् । सडक क्षेत्रमा मानिसको ओहरदोहरका क्रममा खानामा सङ्क्रमण हुने भएकाले आधुनिक विधि अपनाउन व्यवसायीलाई प्रोत्सहान गरिएको अधिकृत महर्जनले बताएका छन् ।

यस्तै, कच्चा पदार्थ किन्नेदेखि ग्राहकलाई पस्कनेक्रम सम्ममा हानिकारक तत्व खानेकुरामा आउने भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भनी तालिम दिएको छ । सफा पानीको प्रयोग, खाना भण्डार गर्ने तरीका, झिँगाबाट कसरी जोगाउने, तापक्रम व्यवस्थापन, दैनिक सरसफाइलाई मुख्य विषयवस्तुका रुपमा सिकाएको हो ।

खाना तयार गर्न आधारभूत कुरामात्र अपाउन सकियो भने स्वच्छ खानेकुरा आमउपभोक्तालाई पस्किन सकिने विभागका वरिष्ठ अधिकृत महर्जनले बताएका छन् । तालिममा नारायणी किनारमा आधिकारिकरुपमा दर्ता भई सञ्चालनमा आएका ५० जना सडक खाना व्यवसायी सहभागी भएका थिए ।

नारायणी नदी किनार ‘सि’ बीच मोडलमा विकास भएसँगै त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्