उद्योगीको लोभ लालचमा फस्दा १८ घण्टा लोडसेडिङ: कुलमान घिसिङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा उद्योगीहरुले देखाएको लोभ लालचमा फस्दा १८ घण्टासम्म लोडसेडिङ भएको बताएका छन् । घिसिङले यसको मुख्य कारण विद्युतको असमान वितरण रहेको बताएका हुन् ।

उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइन प्रयोग बापतको बक्यौता नतिरेर विवाद झिकेपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफु कार्यकारी निर्देशक भएर आउँदा पहिलो काम नै विद्युतको समान वितरण गरेर उद्योगी व्यवसायीको प्रलोभन चक्र तोडिएको जानकारी दिएका छन् । उनले भने, ‘हिजो रोजगारी दिने वा अन्य बहानामा उद्योगी व्यवसायीले विद्युतको असमान प्रयोग गर्दै आएका थिए । म कार्यकारी निर्देशक भएर आएपछिको पहिलो सफलता भनेकै समान वितरण हो ।’

डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था त धेरै पछि आएको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्