काठमाडौँ । वैदेशिक रोजगारका लागि पोल्यान्ड पठाइदिन्छु भन्दै ८० लाख रुपैयाँ ठग्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका ७ घर भई काठमाडौँ महानगरपालिका ३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौँ महानरगपालिका( २६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन्। कृष्ण काठमाडौँ महानगरपालिका(३१ र यदुवंशी टेकुबाट पक्राउ परेका हुन्।
पक्राउ परेका कृष्णले पोल्यान्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ ठगी गरेको उजुरी परेको छ। राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।