बुटवल-नारायणगढ सडक अवरुद्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन्। हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। आज बिहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए।

बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताए। रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्