बिहीबार १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन १२ सय ५० रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य १ लाख २ हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्