सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान दिएको छैन: सभामुख देवराज घिमिरे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिएको तर कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको जानकारी दिएका छन् । कृषिलाई आधुनिक ढंगले अघि बढाउने, बाँझो जमिनलाई उत्पादनमूलक बनाउने र उत्पादनसँगै बजारीकरणका लागि पनि सहकारीले सेवा केन्द्रित गर्नुपर्ने उनले बताएका छन् । उनले तीन खम्बे अर्थनीतिका आधारमा सहकारीको माध्यमबाट राज्यले लगानी गर्ने र त्यसमा निजी क्षेत्रलाई सहभागी गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

सभामुख घिमिरेले सहकारी क्षेत्रको कानून निर्माणका साथै बजारीकरणमा देखिएको समस्यालाई सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन् । उनले राजनीतिक परिर्वतन गर्दै कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गर्दै लैजानुपर्ने उल्लेख गरेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्