नेप्से परिसूचक ३६.५७ अंकले बढ्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ बिन्दुमा पुगेको छ ।

सोमबार नेप्सेमा ३ सय ९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । सो कम्पनीको २१ करोड ८४ लाख ८२ हजार ८ सय ८० रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आज  ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिंगटी हाइड्रो पावर, मोदी इनर्जी, त्रिशूली जल विद्युत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउस कम्पनी, हिमालयन रिइन्स्योरेन्स र तेह्रथुम पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्