ललितपुर महानगरद्वारा खेलकुद क्लबलाई ३७ लाख सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ललितपुर महानगरपालिकाले खेलकुद क्लबलाई आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले ११ क्लबलाई ३७ लाख रुपैयाँ सहयोग गरेको हो ।

महानगरले वार्षिक बजेटमा व्यवस्था भएअनुसार महानगरभित्रका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनमा रहेका खेलकुद क्लबलाई क्रमश रु ४ लाख, रु  ३ लाख र रु २ लाखका दरले रकम उपलब्ध गराएको छ । यसैगरी विभिन्न प्रतियोगितामा विजय हासिल गरेका क्लबलाई समेत नगदसहित पुरस्कृत गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिएका छन् ।

यस्तै, पुरस्कृत हुनेमा ‘ए’ डिभिजनमा रहेका थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, सातदोबाटो युथ क्लब र चर्च व्वाइज युनाइटेड क्लब रहेका छन् । ‘बी’ डिभिजनमा रहेका च्यासल युथ क्लब, ब्रिगेड व्वाइज र खुमल्टार युथ क्लब तथा ‘सी’ डिभिजनमा रहेका सानेपा युथ क्लब, खालीबारी युथ क्लब, पुल्चोक स्पोर्टस् क्लब र झम्सिखेल युथ क्लबलाई पुरस्कृत गरिएको छ । सबै क्लबलाई प्रमुख महर्जनले रकमको चेक हस्तान्तरण गरेका छन् ।

प्रमुख महर्जनले भने, ‘आगामी दिनमा खेलकुद क्लबलाई प्रदान गरिने रकममा वृद्धि गर्छौँ।’

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्