नेप्से परिसूचक ९.५० अंकले बढ्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । साताको कारोबारको अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । सो कम्पनीको ३२ करोड ७८ लाख ९१ हजार ६ सय १३ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्