नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा कायम !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल ३ सय ७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी कारोबार हिमालयन बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ ।

सो कम्पनीको २३ करोड ८५ लाख ७ हजार २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्