कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१.६२ अंकले बढ्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा पुगेको हो ।

त्यस्तै, आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । सो कम्पनीको ३५ करोड ६८ लाख ३८ हजार ७ सय २० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आइतबार सबैभन्दा बढी नाफा हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा मेगा म्युचुअल फण्ड-१का लगानीकर्ता रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्