सोमबारको मौसम पूर्वानुमान: पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, हिमाली भू-भागमा हिमपात र तराई क्षेत्रमा हुस्सु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

तराईका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु लागेको छ । सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मुलुकका केही भू-भागमा सामान्य वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र तराई क्षेत्रमा हुस्सु लाग्ने छ ।

देशभर चिसो बढ्ने सम्भावना रहेकाले यसबाट बच्न महाशाखाले सबैलाई आग्रह गरेको छ । पूर्वी तथा पश्चिम तराइका अधिकांश भागमा बाक्लो हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाईसेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्